ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित पाटन दरबार स्क्वायर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरले अवलोकन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोलले पाटन दरवार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन।

ललितपुर महानगरपालिका वडा नंबर १६ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष निर्मल रत्न शाक्यले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई स्वागत गरेका थिए। अवलोकन भ्रमणका क्रममा वडा अध्यक्ष शाक्यले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई हिरण्यबर्ण महाविहारको पनि अवलोकन गराएका थिए।

वडा सरकार प्रमुखको हैसियतले निर्मल रत्न शाक्यले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई अलौकिक पाटन शहरको वारेमा जानकारी दिएका थिए। अवलोकन भ्रमणमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर मञ्जली शाक्य लगायतको पनि विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।