ललितपुर । कलाकार देशका गहना हुन भन्ने कुरा यथार्थमा नै लागू गर्ने कार्य पहिलो पल्ट वडा सरकार प्रमुख निर्मलरत्न शाक्यवाट भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख वडा अध्यक्ष निर्मलरत्न शाक्यले पहिलो पल्ट लागू गरेर कलाकारको यथार्थमा नै सम्मान गर्ने ऐतिहासिक कार्य भएको हो।

नेपालका ७ सयभन्दा बढी स्थानीय निकायमा हालसम्म कही कतै कलाकार समिति राखिएको छैन्। कला र कलाकारितालाई ज्यादै महत्वपूर्ण स्थान दिएर वडा सरकार प्रमुख वडा अध्यक्ष शाक्यले कार्यपालिकावाटै पास गरेर कलाकार समिति गठन गरेका हुन्।

कला र कलाकारलाई केवल देशका गहना मात्र भन्ने तर, तिनको उचित सम्मान तथा मूल्यांकन नभएको अवस्थामा वडा स्तरवाट भएपनि आफूले कलाकार समिति नै गठन गरेर व्यवहारमा लागू गर्ने कोशिश गरेको वडा अध्यक्ष शाक्यले भिजन संसार डटकमलाई वताएका छन्।

वडा स्तरमा रहेका कला र कलाकारको उचित सम्मान अनि मूल्यांकन तथा प्रवद्र्धन गर्ने र गराउने कार्यमा कलाकार समिति क्रियाशील भएको जानकारी पनि वडा अध्यक्ष शाक्यले जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७८ साल असोज २७ गते बुधवार