काठमाडौं। नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिदिएर हुनसम्मको बेइज्जत गरिदिएको छ। निगमको वाइड वडी जहाज खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार महाप्रवन्धक कंसाकारको कार्यकक्षमा पुगेर जबरजस्ती कंसाकारलाई कालोमोसो दलिदिएको हो।

वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलिदिएका थिए। वाइड बडी जहाज खरिदमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।