Khem Raj Gurung 3काठमाडौ। ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ। गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर गायक गुरुङको निधन भएको छ। जण्डिस देखिएपछि गुरुङलाई १० दिनअघि अस्पताल लगिएको थियो।

Khem Raj Gurung 1

स्वास्थ्य बिग्रिँदै गएपछि आईसीयूमा राखिएका गुरुङको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकहरुका अनुसार गुरुङको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो।

थप उपचारका गुरुङलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिएपनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो। गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन्।

Khem Raj Gurung 2प्रकाशन मिति–२०७३ साल भदौ ९ गते विहीवार।