ललितपुर । जीवनको उत्तरार्धमा पुगेका ती बृद्ध आमा–बुवा अनि समाजमा एक्लो जीवन जिउन बाँध्य भएका ती एकल महिलाहरुको समाजवाटै हुनुपर्दछ। यो भएमा जीवनको उत्तरार्धमा पुगेका ती बृद्ध आमा–बुवा अनि एकल महिलाहरुले जीवनमा सार्थकता पाएको अनुभव गर्ने गर्दछ।

यस कार्यलाई मूर्तरुप दिने कार्य ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सोच र खोज अनुरुप भएको छ। तीन बर्षअगाडि स्थानीय वडा सरकार प्रमुखको हैसियतले वडा अध्यक्ष श्रेष्ठले बृद्ध आमा–बुवा अनि एकल महिलाको सम्मान स्वरुप प्रत्येक बर्ष पोषिलो खानेकुरा प्रदान गर्ने कार्य शुरुवात गरेका थिए।

त्यसपछिका बर्षहरुमा पनि निरन्तरता दिदैआएका वडा अध्यक्ष श्रेष्ठले यो बर्ष पनि निरन्तरता दिएका छन्। लगनखेल स्थित वडा कार्यालयवाट नै बुधवार उपस्थित हुन सकेका वडाका स्थानीय बृद्ध आमा–बुवा अनि एकल महिलाहरुलाई सम्मान स्वरुप हर्लिक्स, च्ववनप्रास, विस्कुट, ज्वरो नाप्ने थर्ममिटर, मास्क, स्यानिटाइजर लगायतका सामाग्री निःशुल्क प्रदान गर्ने कार्य भएका छन्।

वडा कार्यालयमा १ सयजना बृद्ध आमा–बुवा तथा एकल महिलाहरुले ती सामाग्री वडा अध्यक्ष श्रेष्ठको हातवाट पाएका छन्। बृद्ध आमा–बुवाहरुलाई ढोग गर्दै वडा कार्यालयमा नै ठूलो सम्मान दिने कार्य भएको छ। वडा अध्यक्ष श्रेष्ठले वडामा आउन नसकेका र नभ्याएका बृद्ध आमा–बुवा तथा एकल महिलाहरुका घर–घरमा नै वडा अध्यक्ष श्रेष्ठ लगायतका वडा सदस्यहरु शोभादेवी प्रधान, अशोक कुमार श्रेष्ठ, पूनम निरौला, मञ्जु रिजाल टीम नै पुगेर ती सामाग्री पुर्याएर सम्मान गरिने भएको छ।

वडामा ३ सयजना बृद्ध आमा–बुवा र एकल महिलाहरु रहेका छन्। ललितपुर महानगरपालिकामा यसरी बृद्ध आमा–बुवा र एकल महिलाहरुलाई पोषिलो खानेकुरा दिएर सम्मान गर्ने कार्यको शुरुवात वडा नंबर ५ वाटै भएको हो।

विकासमान श्रेष्ठले शुरु गरेको यो सम्मानरुपी अभियान पछि सवै वडाहरुले अनुसरण गरेको पाइएको छ। त्यस्तै गरेर, बृद्ध आमा–बुवाहरुलाई चन्द्रागिरि, सूर्यविनायक, डोलेश्वर लगायतका स्थानमा तिर्थाटन गराउने कार्य पनि विगतका बर्षहरुमा गराउने कार्य पनि आफूहरुले गर्दैआएको यो दुई बर्ष भने। कोभिड–१९ को कारणले तिर्थाटन गराउन नसकेको जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन १३ गते बुधवार ।