ललितपुर । नेपालमा जाडो महिना शुरु भैसकेको छ। यो जाडो महिनामा बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई अझ धेरै समस्या पर्ने गरेको छ। जाडोको कारण चिसो लाग्ने अनि निमोनियाको प्रकोपा बढ्ने गरेको छ।

अझ ७४ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बढी निमोनियाले सताउने गरेको कारण सरकारले आइतवारवाट निमोनिया खोप निःशुल्क दिने भएको छ। यसको जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ अग्रपंक्तिमा देखिएको छ।

ललितपुर महानगरपालिकाका लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा शनिवार दिनभरजस्तो वडावासीहरुको घरटोलमा पुगेर निमोनिया संवन्धी माइकिङ गरेर जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्य भएको हो।

वडा अध्यक्ष विकासमान आफै बडेमानको माइकिङ स्पिकर वडा सदस्य पूनम निरौलालाई बोक्न लगाएर स्कुटरमा सवार भएर प्रचार प्रसार गर्ने कार्य गर्न पछि हटेका छैनन्। कतिपय वडावासीको घर तथा टोलमा पुगेर वडा अध्यक्ष श्रेष्ठ आफैले माइकिङ गर्ने कार्य गरेका छन्।

७४ बर्ष पुगेका वडावासी आमाबुवाहरुलाई आइतवार थसिखेल स्थित महालक्ष्मी पार्टी प्यालेसमा आएर निमोनिया खोप लगाउन आउन अनुरोध गर्न वडा अध्यक्ष श्रेष्ठका साथमा महिला वडा सदस्य शोभादेवी प्रधान, मञ्जु रिजाल, अशोक कुमार श्रेष्ठ र पूनम निरौलाको खटाइ पनि निक्कै रह्यो ।

चार बर्षअघि जनताको अपार मायावाट निर्वाचित भएर आएदेखि ननस्टप वडावासीको सेवा तथा कार्यमा तल्लिन रहेको विकासमान नेतृत्वको टीमको अपोजिसन पार्टीका नेताहरुले पनि दिल खोलेर तारिफ गर्ने कार्य हुंदैआएको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक १३ गते शनिवार ।