Bhukampa map

काठमाडौ। नेपालमा महाभूकम्प गएको १८ महिना वित्न लाग्दा समेत त्यस भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन्। विजया दशमीको दिन मध्यान्ह १२ः१५ बजेतिर दोलखा केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केलको भूकम्प दशैंको त्यो पनि विजया दशमीको दिन आउंदा दोलखाबासी त्रसित बनेका थिए।

विजया दशमीको दिन आएको यो भूकम्प गत बर्षको बैशाख १२ गतेको महाभूकम्पकै पराकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले भनेको छ।
प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार । विजया दशमी ।