dashain-tika-1काठमाडौ। विजया दशमीको टीकाको साइत भोलि मंगलवार विहान ८ बजेर ४५ मिनेट जाँदा अति–उत्तम रहेको ज्योतिषहरुको बताएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंगलवार विहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा भवानी विर्सजन गर्ने साइत जुरेको छ।

आम सर्वसाधारणले मंगलवार जतिखेर विजया दशमीको टीका लगाएपनि हुने तर, नेपालका राष्ट्रप्रमुखले भने साइतमै टीका लगाउनु पर्ने पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले भनेको छ।

dashain-tika

टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाउंदा उत्तम हुने पनि भनिएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।