bijaya-dashami-2काठमाडौ। आज विजया दशमीको मुख्य दिन अर्थात विजया दशमी ! आज विजया दशमीको दिन आफ्ना मान्यजनहरुको हातवाट नवरात्रको जमरा सहित टीका तथा प्रसाद लिने तथा दिने दिन !

एक–अर्काको भाइचारा तथा सदभावको प्रतिक विजया दशमीको टीका लाउने मंगल साइत विहान ८ बजेर ४५ मिनेट जाँदा रहेको छ। आजको दिन यस मंगल साइत अघि र पछि जतिवेला पनि आम सर्वसाधारणले सदभावको विजया दशमीको टीका लाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले भनेको छ।

bijaya-dashami-1

विजया दशमीको टीका लाउंदा पश्चिम दिशमा बसेर टीका लाउदा उत्तम हुने र टीका लाइदिने पूर्व दिशामा बस्दा राम्रो हुने पनि भनेको छ। आज दिनभर जस्तो हिन्दू धर्मावलम्वी नेपालीहरु विजया दशमीको टीका लगाउन र लाइदिनको लागि अत्यन्त व्यस्त हुन्छन्। यो कार्य कोजाग्रत पूर्णिमासम्म जारी हुन्छ। विजया दशमीको हार्दिक मंगलमय शुभकामना !
प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार ।