काठमाडौं। लामो समयदेखि नेपाल वाहिर प्रवास हङकङमा कार्यरत रहंदैआएका नेपालका चर्चित फोटोग्राफर तथा भिडियोग्राफर निर्देशक विजय श्रेष्ठको निर्देशनमा हङकङवाट नयाँ गीतको भिडियो रिलिज भएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ४ किसिगाल स्थायी बसोवास भएका निर्देशक विजय श्रेष्ठले आफ्नो निर्देशनको तेश्रो म्युजिक भिडियो हङकङवाटै रिलिज गरेका हुन्। “यो साँचो हो” बोलको गीतको म्युजिक भिडियो सामाजिक संजाल फोटोजोन फेसबुक पेज र युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

ब्लाँक हाउक नेपालका गायक तथा संगीतकार सावनदेव श्रेष्ठ को गायन रहेको यस गीतलाई बिजय श्रेष्ठको निर्देशन, सम्पादन र छाँयाकन गरेको उक्त म्युजिक भिडियोमा ईण्डोनेसियन–चाईनिज मोडल आनीको अभिनय देख्न सकिन्छ। विदेशी मोडल र भाषा फरक भएपनि गीतको भावलाई आनीले गीतको् भिडियोमा जीवन्तता दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक ४ गते मंगलवार ।