काठमाडौं। नेपाल वाहिर बेलायतमा बसेर पनि एक पछि अर्को चलचित्रमा अभिनय गरेर बेग्लै रेकर्ड र छवि कायम गर्दैआएका अभिनेता ध्रुब दत्त अभिनित सटमूबी दानब रिलिज भएको छ।

केही बर्षअघि नै निर्माण भएको भएतापनि केही समयअघि मात्र रिलिज भएको हो । नेशनल बक्स अफिस अवार्डमा बेस्ट सटमूबी अवार्ड जित्न सफल चलचित्र दानब विशेषत लिभिङ टुगेडरको कथावस्तुमा आधारित रहेको छ। नेपाल वाहिर परदेश बेल्जियममा लिभिङ टुगेडरमा बस्न रुचाउन चाहने तर, बिहे गर्न र बच्चा पाउन नचाहने नेपाली पुरुषको कथावस्तु सटमूबी दानबमा रहेको छ।

हरेक नेपाली महिलाको लिभिङ टुगेडरमा बसेतापनि उनको अन्तिम इच्छा भनेकै विवाह गर्ने र बच्चा पाउने नै हो । त्यो कुरालाई पटक्कै नरुचाउने पुरुष पात्रको भूमिकामा अभिनेता ध्रुब दत्त देखिएका छन्। दानब चरित्रको स्वभाविक भूमिका देखिएका अभिनेता ध्रुब दत्तको लिभिङ टुगेडर पार्टनरका रुपमा कुनैबेलाकी चर्चित अभिनेत्री पार्वती अधिकारीको विशेष भूमिका रहेको छ।

साथमा अर्की कुनैबेलाकाी चर्चित अभिनेत्री बर्षा खड्काको पनि गेष्ट रोलमा अभिनय रहेको छ। रफी शाहको निर्देशन रहेको सटमूबी दानबले विदेश पलायनसंगै नेपालीमा आएको विकृतिलाई पर्दाफास गर्ने कोशिश गरेको छ।

प्रकाशन मिति–२०७८ साल माघ १० गते सोमवार ।