काठमाडौ। नेपालमा नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ।

यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो।

चिन्दै नचिनेका विदेशवाट आएका फेक कल रिसिभ गर्दा मोवाइलको व्यालेन्स व्हात्तै घट्ने गरेको पाइएको छ। फोन कलरको कलमा कुनै जवाफ नआउने गरेको छ।

प्रकाशन मिति–२०७५ साल असार ३१ गते आइतवार ।