K P Oli ko Dabiकाठमाडौ। नेपालका भूपूप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी एजेन्सीले नेपाललाई हाँक्न खोजेको भन्दै आफूले त्यसलाई रोक्न खोजेको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा तराई–मधेसका बुद्धिजीवीहरुसँग भएको अन्तरक्रियामा नेता ओलीले‘विदेशी एजेन्सीहरुले देश चलाउन हुँदैन भन्ने आफ्नो र आफ्नो पार्टीको मान्यता’ रहेको बताए। सबै देशको सार्वभौमिकता समान हुने भन्दै अध्यक्ष ओलीले ‘एजेन्सीहरुको चलखेल रोक्न खोज्नु आफ्नो कर्तव्य भएको जिकिर गरेका छन्।

स्थानीय तहको निर्वाचनपछि आफूले माओवादीलाई सरकार दिने सहमति भएको र त्यस्तै एजेन्सीको प्रभावले आफ्नो सरकार ढालिएको जिकिर पनि नेता ओलीको थियो। संविधान संशोधन वा मधेसको समस्या समाधान गर्न आफ्नो पार्टीसँग छलफल र सहमति हुनुपर्ने भन्दै नेता ओलीले सँगसँगै राष्ट्रिय सहमतिको सरकार पनि बन्नुपर्नेमा जोड दिए।
प्रकाशन मिति–२०७४ साल असार २९ गते विहीवार ।