Bidhya Sundar Shakya
Bidhya Sundar Shakya

काठमाडौ। नेकपा एमालेवाट काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका विद्यासुन्दर शाक्यलाई जिताउन यतिखेर केशव स्थापित मरेर लागेको पाइएको छ। एमालेवाट मेयरको प्रत्यासीको रुपमा चर्चा पाएका पूर्वमेयर समेत रहेका बहुचर्चित नेता केशव स्थापितले काठमाडौ महानगरपालिकाको मेयरमा टिकट नपाएपछि अव विद्रोह गर्छ र कांग्रेसलाई सघाउंछ भन्ने सवैलाई तीन छक्क पारेर विद्यासुन्दरको पक्षमा खुलेर लागेका छन्।

Keshab Sthapit with Bidhya Sundarअझ अहोरात्र विद्यासुन्दर जिताउने अभियानमा कम्मर कसेर लागेका छन्। नेकपा एमाले काठमाडौ महानगरपालिका प्रचार सचिवालय कान्तिपथ स्थित होटल यल्लो प्यागोडाको धौलागिरी हलमा केशव स्थापितको चहल–पहल बाँक्लै देखिएको छ। काठमाडौ महानगरपालिकाका प्रत्येक वडा–वडामा एमालेको परिचालन गर्ने देखि ती वडाहरुमा विद्यासुन्दरको चुनावी माहोलमा रौनकता दिन हनुमान जस्तै पुग्ने गरेका छन्।

त्यसक्रममा विद्यासुन्दरको हनुमान आफूभएको सोमवार प्रचार सचिवालय कान्तिपथको धौलागिरी हलमा फोटो नै खिचाइदिएपछि अव केशव स्थापित पक्का हनुमान भएको प्रमाणित भएको छ। मज्जाक र रमाइलो गर्ने क्रममा केशव स्थापितले जुरुक्कै विद्यासुन्दरलाई काँधमा नै राखेर उचालेपछि यो कुरा प्रमाणित बनेको हो।

केशव स्थापित विद्यासुन्दरको हनुमान बनेपछि अव काठमाडौ महानगरपालिकाको मेयरमा जित्ने सुनिश्चित भएको दावी गरिन थालेको छ। केशव स्थापित पनि विद्यासुन्दरको जित सुनिश्चित भैसकेको दावी गर्छन्। विद्यासुन्दर काठमाडौ महानगरपालिकाको लागि सर्वोत्कृष्ट एक मात्र निर्विकल्प मेयर हो भनेर प्रचार सचिवालय प्रमुख मध्येका एक डा.अजयक्रान्ति शाक्यको पनि जिकिर रहेको छ।

UML Ktm 1प्रचार सचिवालयको अगुवाई काठमाडौका सांसद रामवीर मानन्धर र डा.अजयक्रान्ति शाक्यले गरिरहेका छन्। निक्कै व्यवस्थित रुपमा काठमाडौ महानगरपालिकाका हरेक वडाहरुमा प्रचार सामाग्री देखि प्रचारका आवश्यक संयन्त्र पुर्याउने कार्य सचिवालयले गरिरहेको सांसद मानन्धरले भनेका छन्।

यसैवीच मंगलवार विद्यासुन्दर शाक्य काठमाडौ महानगरपालिकामा मेयर भएमा सय दिनमा १ सय १ कामा शिर्षकको प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २६ गते मंगलवार ।