Nisha Adhikari's Marriage 1काठमाडौ। नेपाली चलचित्र उद्योगकी आँटिली तथा साहसी नायिकाको रुपमा चिनिएकी निशा अधिकारी र चर्चित क्रिेकेटर शरद भेषवाकर वीच शुक्रबार विधिवत रुपमा विवाह भएको छ।

काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित बैबाहिक समारोहमा दुवैको लगनगाँठो कसिएको छ। लामो समयको प्रेमलाई विवाहवाट एक–अर्कामा अझ समाहित पार्न सफल ३२ वर्षीय शरद तथा ३० वर्षीया निशाका अभिभावकहरू पनि आफ्ना सन्तानले रोजेको जीवनसाथीप्रति खुसी छन्।

Nisha Adhikari's Marriage 2निशा र शरद पनि अत्यन्त खुशी बनेका छन्। विवाहपछि नयाँ जिन्दगीप्रति दुवै निक्कै उत्साहित देखिएका छन्।

Nisha Adhikari's Marriage 3प्रकाशन मिति–२०७४ साल असार १६ गते शुक्रबार ।