earthquake 12काठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको लगभग बर्षदिन पुग्न लागेको छ। बैशाख १२ गते आइतवार विनाशकारी भूकम्प गएको बर्षदिनमा नेपाल सरकार भूकम्प स्मृति दिवस मनाउने अन्तिम तयारीमा पुगिसकेको छ। भूकम्प गएको बर्षदिन पुगिसक्दा पनि नेपालमा भूकम्प आउने क्रमको अन्त भने भने भएको छैन्। शुक्रबार मात्र नेपालमा भूकम्पका दुई धक्का महशुश गरिएको छ।

दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दू भएको भूकम्प अपरान्ह गएको छ। नेपाली समयअनुसार सिन्धुपाल्चोक केन्द्रविन्दू भएको भूकम्प अपरान्ह ४ बजेर ४९ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शुक्रबार मध्यान्ह १२ बजेर ४१ मिनेटको समयमा दोलखा केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ।

दुवै भूकम्प गत बर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। हालसम्म ४ रेक्टर तथा त्यो भन्दा माथिका ४ सय ४९ पराकम्प गैसकेको पनि केन्द्रले भनेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १० गते शुक्रबार ।