काठमाडौं। विपदका देउता भनेर चिनिएका गायक रामकृष्ण श्रेष्ठको विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको छ। गायक रामकृष्ण श्रेष्ठको गायनमा विलकुलै नयाँ गीत फुल जस्ती बोलको गीतको भिडियो रिलिज भएको हो।

पश्चिम नेपालको प्राकृतिक पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको फुल जस्ती बोलको गीतको भिडियोमा गायक श्रेष्ठको अलावा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ।

सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका हुन्। राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन्।

गीतको संगीत गायक श्रेष्ठकै पूजनिय सांगीतिक गुरु सुरेन्द्र श्रेष्ठको रहेको छ। गीतको शव्द रचना वरिष्ठ अर्थविद डा.चन्द्रमणि अधिकारी रहेको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर १४ गते आइतवार ।