काठमाडौं। दिनानुदिन बृद्धि भैरहेको लकडाउनका कारण नेपालमा रोगले भन्दा भोकले मरिने डर हुन थालेको छ। जसको कारण कतिपयको चुल्हो नै बाल्न समस्या हुन थालेको छ।

त्यसरी समस्या भएको खवर पाएपछि आफ्नो घरमा रहेको खाद्य सामाग्री थोरबहुत भएपनि सहयोग गर्ने मनकारी मन भएकाहरुको कमी नेपालमा छैन्। ती मनकारी मनहरुमा काजिलाल श्रेष्ठ र शिवहरि खनाल पनि देखिएका छन्।

काठमाडौंको धुम्वाराही शंखपार्कमा वसोवास गर्ने एकल महिल पिंकी देवलाई लकडाउनका कारण चुल्हो बाल्न नै समस्या भएको खवर सावित्री खनालमार्फत थाहा भएपछि काजिलालले घरकै सात किलो चामल र शिवहरि खनालले एक किलो दाल, तेल र नून लिएर दुवै शनिवार शंखपार्क पुगे।

त्यहाँ दुवै मिलेर पिंकी देवलाई थोरबहुत मिलेर विपदको विषम परिस्थितिमा सहयोग गर्दा दुवै अत्यन्त खुशी देखिएका थिए। पिंकी देवले पनि आफू मासिक ३ हजारमा ज्याला मजदुरी गर्दैआएको तथा लकडाउनले गर्दा काम पनि नभएकोले चुल्हो बाल्न नै गाह्रो भएको अवस्थामा उक्त थोरवहुत राहत सहयोगले कम्तिमा १५ दिनलाई पुग्ने बताएकी छन्।

प्रकाशन मिति–२०७७ साल जेठ ११ गते आइतवार ।