ललितपुर । बढ्दो शहरीकरणसंगै शहरमा कुनैपनि बेला विपद आउन सक्ने संभावना जतिखेर पनि हुन्छ। त्यस्तो बेला घना शहरमा विपद व्यवस्थापन गर्न सहज भने हुंदैन। जसलेगर्दा अकालमा धेरैको ज्यान जान सक्ने धेरै खतरा हुन सक्छ।

यस्तो नहोस् र नपरोस् भनेर ललितपुर महानगरपालिका वडा नंबर १९ को आयोजनामा विपद जोखिम न्यूनीकरण तथा आकस्मिक कृत्रिम घटनाको अभ्यास कार्य भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १९ स्थित घनाबस्ती बलिम्मा अग्निशालामा विपद जोखिम न्यूनीकरण तथा आकस्मिक कृत्रिम घटनाको अभ्यास कार्य भएको हो।

भिजन संसार डटकम प्रतिनिधि लक्ष्मी श्रेष्ठका अनुसार, उक्त अभ्यास कार्यक्रमको शुभारम्भ ललितपुर महानगरपालिका वडा नंबर १९ का वडा अध्यक्ष विनोद ताम्राकारवाट भएको थियो। स्थानिय रेडक्रस र प्रहरी तथा महानगरपालिकाका विपद व्यवस्थापनका कर्मचारीको सहभागितामा स्थानीयलाई नै परिचालित गरेर अभ्यास कार्यक्रम भएको हो।

यस कार्यक्रमवाट आपतकालिन अवस्थामा विपद जोखिम न्यूनीकरण गर्न स्थानीय नै परिचालित बनेर सहज रुपमा कार्य गर्न सक्ने अवस्थाको सिर्जना गर्न यसप्रकारको कार्य गरेको वडा अध्यक्ष ताम्राकारको भनाई छ। स्थानीय वासिन्दाहरुले पनि कार्यक्रममा उत्साहजनक सहभागिता जनाएर विपद न्यूनीकरण गर्न र गराउन आफूहरु कटिबद्ध भएको तत्परता पनि जनाएका छन्।

Photo By-Laxmi Shrestha/VisionSansar
प्रकाशन मिति–२०७६ साल फागुन १६ गते शुक्रवार ।