काठमाडौं। कोरोनाभाइरस संक्रमण विरुद्धको लकडाउनले गर्दा मारमा परेका विपन्न तथा बेखर्ची ज्यालामजदुरहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप राहत दिने कार्य भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित वडा कार्यालयमा आज शनिवार राहत वितरण गर्ने कार्य भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ तथा लोकप्रिय प्रदेश सांसद राजेश शाक्यको विशेष आतिथ्यतामा राहत वितरण गरिएको थियो।

काठमाडौं महानगरपालिका वडा नंबर १३ मा बसोबास गर्ने विपन्न बर्गका बेखर्चीहरुलाई महानगरको मापदण्ड अनुरुप ५ सयजनालाई राहत वितरण गरिएको जनाइएको छ। जसमा काठमाडौं महानगरपालिका वडा नंबर १३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धर लगायतका जनप्रतिनिधिहरुको विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।