Nepal Banda.1काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आज मंगलावर आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौ उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन प्याब्सनका महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताएका छन्।

सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको राससलाई बताएका छन्।

Nepal Bandaप्रकाशन मिति–२०७४ साल असार २७ गते मंगलवार ।