काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वले आज मंगलवार आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। काठमाडौ उपत्यकामा आज बिहानमा अरु दिनको तुलनामा सवारी साधन कम चलेका छन् ।

विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो। काठमाडौ ट्राफिक प्रहरीका अनुसार सवारी साधन पातलो भएतापनि खासै त्यस्तो कुनै घटना भएको छैन्।

सामान्य रुपमा चलिरहेको छ। नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य रहेको छ। बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन्।

कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुर, पोखरा, बुटवल, नारायणढ, दाङ लगायतका शहरहरुमा सामान्य असर परेको छ। सवैतिर कलकारखाना तथा शिक्षण संस्था भने बन्द रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ८ गते मंगलवार ।