Nepal Banda 1काठमाडौ। आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज विहीवार आव्हान गरेको नेपाल बन्दले देशभर जनजीवन प्रभावित पारेको छ।

काठमाडौको कोटेश्वरमा विहानै बा १ ज ८२०६ नंबरको ट्याक्सीमा चालक सुवाष परियार भित्र रहेको बेलामा बन्दकर्ताले आगजानी गरेको प्रहरीले जनाएको छ। ट्याक्सीमा यात्रा गर्ने वहानामा एकजनाले बार्गेनिङ्ग गर्दैगरेको र अर्कोले पेट्रोल खनाएर आगजनी गरेको प्रहरीको भनाई रहेको छ। आगजनीका कारण ट्याक्सीमा क्षति पुग्न गएको छ। आगजनी गर्नेहरु त्यसपछि फरार बनेका थिए।

Nepal Banda 2

त्यस्तै बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको हो। यता काठमाडौंको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंका एसएसपी विक्रम सिंह थापाका अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सभापति योगेन्द्र कुमाल र विष्णुहरि अधिकारीलाई कालिमाटीबाट नियन्त्रणमा लिएको छ। बन्द गराउँदै हिँडेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए।
प्रकाशन मिति–२०७३ साल जेठ २७ गते विहीवार ।