काठमाडौ। विराटनगरको टंकीसिनवारीमा दुगड ग्रुपले सञ्चालन गर्दैआएको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रा.लि.मा विहीवार साँझ भिषण आगलागी भएको छ। दुगड ग्रुपको सेन्चुरी मसला उत्पादन गर्ने उक्त कंपनीमा साँझ भएको आगलाी राति अबेरमात्र नियन्त्रणमा आएको थियो।

dugad-agalagi

विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएपनि कारण भने खुल्न सकेको छैन् । साँझ सुरु भएको आगलागीबाट उद्योगमा ठूलो आर्थिक नोक्सानी भएको छ। मेसिन तथा उद्योगमा भएका कच्चा पदार्थ, निर्मित मालसामान र भवन जल्दा धेरै नोक्सानी भएको तर त्यसको अनुमान गर्न नसकिएको मोरङ प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन विराटनगर, इटहरी, धरान र इनरुवाबाट आधा दर्जन दमकल टंकीसिनवारी पुगेका थिए । आगोलाई अन्यत्र फैलन नदिन विराटनगर विमानस्थलबाट समेत वारुण यन्त्र पठाइएको थियो।
आगलागीको क्षतिबारे अहिल्यै यकिन हुन सकेको छैन् । विराटनगरका उद्योगी मोती दुगडको लगानी रहेको उद्योग खाद्यान्न क्षेत्रमा देशमै कहलिएको उद्योग हो।
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।