मोरङ। विराटनगर महानगरपालिकामा शक्तिशाली बम विस्फोट भएको छ। आइतबार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो। घर नक्सा कार्यालयवाट मेयरको कार्यालय जाने प्यासेजमा बम विस्फोट भएको भएको हो।

अज्ञात तत्वले गराएको विस्फोटबाट ५ मिनेटसम्म धुवाँको मुस्लो निस्किएको थियो। विस्फोटमा ठूलो आवाज निस्किएपनि कुनै मानवीय क्षति नभएको बताइएको छ। विस्फोटका कारण कोठामा झ्यालका सिसा फुटेका छन्।

पार्किङमा राखिएको मेयरको चढ्ने गाडीमा समेत क्षति पुगेको छ। घटना प्रति मेयर भीम पराजुलीले दुस्ख व्यक्त गर्दै बम राख्ने काम निन्दनिय भएको बताएका छन्। बम विस्फोटन भएको समयमा मेयर भने आगन्तुक भेटघाटमा थिए। बम विस्फोट कसले गराएको हो त्यो खुल्न सकेको छैन।

प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।