काठमाडौ। नेपालभाषाको लामो भागको हालसम्मकै ऐतिहासिक कीर्तिमानी हाँस्य सिरियल ख्वताबजीका कलाकार मानकृष्ण छाति तथा फोक्सोको रोगवाट विरामी रहेका छन्।

यिनै विरामी कलाकार मानकृष्णको आर्थिक अवस्था कमजोर भएको कारण उपचार्थ ख्वताबजीकै कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन भएको थियो।

सोही समितिले १,२२,५०० (एक लाख बाइस हजार पाँच सय) विरामी कलाकार मानकृष्णलाई सोमवार काठमाडौको नयाँ बजार लिंकरोड स्थित नेपाः ब्याँकक्वीटमा आयोजित कार्यक्रममा हस्तान्तरण गरियो।

सुखावती मल्टी प्रोडक्सन, आर के मानन्धर (इमेज च्यानल) लगायत विभिन्न ३७ जना महानुभावहरुको सहयोगवाट उक्त रकम जम्मा भएको संयोजक तुलाधरले भिजन संसारलाई भनेका छन्।


प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।