काठमाडौं। विभिन्न कारणले निसन्तान हुने समस्या दिनप्रतिदिन बृद्धि भैरहेको छ। विशेषत पुरुषको शुक्रकीट अर्थात विर्यमा खस्किएको गुणस्तरका कारण निसन्तान हने समस्यामा बृद्धि भैरहेको हो।

यसो हुनुको प्रमुख कारण राति अबेरसम्म नसुत्ने, अनियमित दिनचर्या, धुम्रपान, मध्यपान लगायतका कारण मानिसहरुको शुक्रकीटको गुणस्तर तीव्र रुपमा खस्किएको विज्ञहरुको ठहर रहेको छ। यसको कारण निसन्तान हुने समस्यामा तिब्र रुपमा हुन थालेपछि नेपालमा पनि शुक्रकीट दानको यदाकदा सुनिएकै हो।

नेपालमा हाकाहाकी शुक्रकीट दानको विषयमा र अरु कसैको शुक्रकीटवाट सन्तान जन्माएको भन्ने कुरा कसैले भनेको प्रकाशमा आएको छैन्। चीनमा भने, निसन्तान दम्पत्तिहरुको लागि शुक्रकीट बैंकको नै स्थापना भएको अनलाइन खवरको समाचारमा उल्लेख रहेको छ। जसवाट शुक्रकीट दान गर्नेहरुले मनग्ये पैसा कमाउने गरेको पनि भनिएको छ। शुक्रकीट दान गरेवापत शुक्रकीट बैंकले दातालाई झण्डै १ लाख रुपैया दिने गरेको खुलेको छ।

चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले शुक्रकीट दान गर्न लोभलाग्दा अनेक विज्ञापन गर्ने गरिएको छ। स्पर्म बैंकको आधिकारिक वेबसाइटका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ। साथै व्यक्तिको उचाई कम्तिमा ५ फिट ४ इन्च र पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण हुनपर्नेछ। चीनमा पछिल्लो समयमा शुक्रकीट बैंकहरु समस्याबाट गुज्रिरहेका छन्।

झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेको बताएका छन् । उसो त शुक्रकीट दान गर्नका लागि बैंक आफैले विभिन्न व्यक्तिहरुसँग सम्पर्क समेत गर्दछ, तर यसका लागि कम मानिस मात्र योग्य हुन्छन् । चीनमा शुक्रकीट दानको लागि कडा नियम छ। शुक्रकीट दान गर्न इच्छुकमध्ये केवल एक चौथाइको मात्र दान गर्न लायक गुणवत्ता सहितको शुक्रकीट पाइने गरेको छ।

गोप्य रुपमा दान गर्ने गरेको शुक्रकीट रक्तदान गरेजस्तै कसको कसलाई दिइएको भन्ने कुरा अत्यन्त गोप्य हुने गर्दछ। जुन कुरा चीनमा मात्र नभइकन विश्वका कैयन मुलुकहरुमा शुक्रकीट दान गर्ने गरिदैआएको छ। जसको कारण धेरैको उद्धार हुंदैआएको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र २७ गते शुक्रवार ।