ललितपुर। बहुमुखी प्रतिभाका विलक्षण कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेको पहिलो म्युजिक भिडियोले हप्तादिनमा इतिहास रचेको छ। कलाकार महर्जन अभिनित नजाऊ टाढा क्षितिमा बोलेको गीतको भिडियोले इतिहास रचेको हो।

हप्ता दिनमा नै एक लाख भ्यूअर्सको व्यापक माया पाएको कलाकार महर्जन अभिनित गीतको भिडियोमा कलाकार महर्जनको साथमा नायिका शोभा महर्जन तथा बाल कलाकार संवत महर्जनको समेत बुलन्द अभिनय रहेको छ। स्पाइनल कर्ड इन्जुरीको कारण अशक्त भएतापनि सशक्त अभिनय गरेर भिडियोमा कलाकार स्वतन्त्र संसार महर्जनले फेरि एकपटक सवैलाई चकित पारिदिएका छन्।

आत्मबलका अत्यन्त धनी कलाकार महर्जन नायक बनेको गीतको म्युजिक भिडियो नजाउ टाढा क्षितिजका गीतकार दीपक विवश आँशु तथा संगीतकार मञ्जु महर्जन हुन। गायिका कल्पना श्रेष्ठको बुलन्द गायन रहेको छ। ख्यातिप्राप्त छायाँकार तथा सम्पादक सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ भने, परिकल्पना तथा निर्देशन अभिनेता स्वयम स्वतन्त्र महर्जनकै रहेको छ। सहायक निर्देशन प्रेमा महर्जनले गरेकी हुन्।

प्रकाशन मिति–२०७९ साल साउन १३ गते शुक्रवार ।