काठमाडौ। बलिउड अभिनेत्री ऐश्वर्या राय यतिखेर विवादको घेरामा रहेकी छन्। १५ बर्षको उमेरमा आमा बनेर एक छोरालाई जन्म दिएको र त्यो छोरा हाल २९ बर्ष पुगेको समाचार सनसनी भएको छ।

त्यो छोराले ऐश्वर्यालाई आफ्नो आमा भएको दावी गर्दै मिडियावाजी गर्न थालेको अवस्थामा ऐश्वर्या यस विवादको कुरामा मौन बनेकी छन्। अपत्यारिलो स्क्याण्डलमा देखिएकी यिनै अभिनेत्री ऐश्वर्याले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक माग गरेकी छन्।

सन् १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक माग गरेको हो। ऐश्वर्याको माग पूरा गर्न फिल्म निर्माता पनि सहमत भएका छन्। जसमा ऐश्वर्याको डब्बल रोल हुने भएको छ।

(समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७४ साल पुष २३ गते आइतवार ।