काठमाडौ। सामान्यतया समाजमा महिलाको सौन्दर्यलाई उनको उमेरसंग मात्र जोडिएर हेरिन्छ। विवाहित महिलाहरु त्यति राम्री हुंदैन भन्ने सामान्य धारणा पनि सोही बुझाईको उपज हुन्।

यही मान्यतालाई तोड्न विवाहित नेवार समुदायका महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेवाः हुने भएको छ। जुन विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगितामा बेग्लै उचाई बन्ने निश्चित भएको छ।

काठमाडौं टिफ अफ म्यानेजमेन्ट (केटिएम) ले यही भदौ १ गते शुक्रबार प्रतियोगिता आयोजना हुने भएको छ। समुदायको सशक्तिकरण भन्ने नाराका साथ सो प्रतियोगिता गर्न लागिएको आयोजक कंपनीको जिकिर रहेको छ।

प्रतियोगिता मार्फत एकल महिलासंगै अन्य महिलाहरुलाई व्यक्तित्व विकासको तालिमहरु प्रदान गरिने आयोजक कम्पनीका निर्देशक सुजन बज्राचार्यले बताए।

महिलालाई घरबाहिर पठाउन नहुने, पुरुष र सासुसुसुराको नियन्त्रणमा रहनुपर्ने जस्ता पुरातन मानसिकता जरो गाडेको समाजमा विवाहित स्त्रीहरुको सौन्र्दय प्रतियोगिता समाज एक हिसाबले क्रान्तिकारी कदम साबित हुने निर्देशक बज्रचार्यको दावी रहेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।