काठमाडौं। विवाह अगाडि नै गर्भवती हुनु र विवाह भएको नौ महिना नपुग्दै बच्चा जन्मनु नयाँ–नौलो कुरा अव हुन छाडेको छ। विशेषत हलिउड तथा बलिउडका स्टारहरुमा यो प्रकृयाले स्वभाविकता लिन थालेको छ।

यो स्वभाविकतामा बलिउड अभिनेत्री नेहा धुपिया देखिएकी छन्। नेहा धुपियाको विवाह भएको ६ महिना पनि पुगेको छैन्। तर, नेहा आज आइतवार आमा बनेकी छन्। आइतवार भारतको खारमा रहेको अस्तापलमा नेहाले स्वस्थ छोरा जन्माएकी छन्। आमा र बच्चाको स्वास्थ्य ठिक रहेको अस्पतालले जनाएको भारतीय समाचार माध्यमहरुले लेखेको छ।

यतिखेर नेहालाई बलिउड सेलिब्रिटीहरुले व्यापक बधाई दिइरहेका छन् । नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन्। लामो समयदेखि प्रेम–रोमान्समा रहेकी नेहा प्रेमी अंगदसंग विवाह वन्धनमा बाँधिनुअघि नै गर्भवती भैसकेकी थिइन्।


प्रकाशन मिति–२०७५ साल मंसीर २ गते आइतवार ।