Madan Mani Dixit

काठमाडौ । नेपालका अति विशिष्ट साहित्यकार मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव नेपाली साहित्य विकास परिषद् यूके र नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरका पदाधिकारीहरूद्वारा शनिवार दीक्षितको निवास पुगेर शुभकामना व्यक्त गरेका छन्।

साहित्यकार दीक्षितको सुस्वास्थ्य,सुयश र दीर्घ जीवनको शुभकामना व्यक्त गर्दै उहाँप्रति फूलमाला,फलफूल, केक लगायतका सगुन अर्पण गर्ने कार्य भएको छ।

नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक तथा अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुली, अध्यक्ष इल्या भट्टराइ, ललिता दोषी, राजेशजङ्ग शाह लगायतका भेट्रान साहित्यकारहरु दीक्षितको निवासमा पुगेका थिए।

भेट्रान साहित्यकारहरुको उपस्थितिमा ९५ र्आै जन्मदिन मनाउन पाउंदा अत्यन्त खुशी लागेको प्रतिक्रिया साहित्यकार दीक्षितले दिएका छन्। दीक्षितले हरेक बर्षको फागुन ७ गते जन्मदिन मनाउंदै आएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।