काठमाडौ। हालै रसियामा सम्पन्न विश्वकप फुटबलमा चर्चामा रहेका क्रोएसियाका मिडफिल्डर इभान राकिटिक फेरि चर्चामा आएका छन्। त्यो चर्चा हुनुको पछाडि अरु केही नभइकन क्रोएसियाका आम खेलाडीजस्तो क्रोएसिया नफर्किकन श्रीमतीसंग विभिन्न देशमा रोमान्स गर्दै रमाइलो गर्दै गरेको तस्बीरका कारण हो।

राकिटिक आफ्नी प्राणप्यारी पत्नी राक्वेल माउरीसँग बिदा मनाएर रमाइरहेका छन्। विश्वकप समाप्त भएको लगभग दुई साता भन्दा बढी हुन लाग्दा पनि राकिटिकले पत्नीसंग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटाहरू इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् ।

राकिटिकले पोस्ट गरेका तस्बिरहरूमा हालसम्म एक लाखभन्दा बढीले लाइक गरिसकेका छन्। लामो ब्रेक र विश्वकपपछि श्रीमान्सँग बिदा मनाउने अवसर पाएपछि माउरी निकै दंग देखिन्छिन् । (समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार ।