काठमाडौं। विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको छ।

मंगलबार भएको खेलमा नेपालले ताइपेलाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले हराएको हो। ताइपे रंगशालामा भएको खेलमा नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका हुन्।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २४ गते मंगलवार ।