bishwokarma-pujaकाठमाडौ। आज असोज १ गते अर्थात आश्विक संग्रान्तिका दिन नेपाल र भारतका कालिगढहरुले विश्वकर्मा पूजा गरेका छन्। कालिगढहरुका आराध्य देव विश्वकर्माको पूजाआजा गरेर फलामे औजारहरुको पनि पूजा गरेका छन्।

फलामे औजारहरुको आजको दिन पूजा गरेमा लामो समयसम्म टिक्ने विश्वास रहेको छ। आजैका दिन नेपाल र भारतका प्राय कलकारखाना लगायत स्थानमा रंगीचंगी बनाएर पूजाआजा गर्नुको अलावा भोजभतेर गरेर रमाइलो पर्वको रुपमा मनाएका छन्। आजैका दिन बास्तुशास्त्रीहरुले बास्तु दिवसका रुपमा पनि मनाएका छन्।
प्रकाशन मिति–२०७३ साल असोज १ गते शनिवार ।