Priyanka-Chopraकाठमाडौ। म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा नायिका प्रियंका चोपडा पहिलो स्थानमा परेकी हुन् । पछिल्ला वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन्।

ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल अंकको कभर गर्ल बनाएको छ । त्यसो त उनी यसअघि पनि उक्त म्यागाजिनमा दुई पटक कभरमा अटाइसकेकी छन्।

हलिउड फिल्म ‘बेवाच’ खेलेपछि उचाइ लिँदै गरेको उनको करिअरलाई अमेरिकी थ्रिलर सिरियल ‘क्वान्टिको’ ले नयाँ मोड ल्याइदिएको थियो। सन् २००० की मिस वल्र्ड प्रियंका मोडलिङ हुँदै फिल्म अभिनयमा लागेकी थिइन्। अभिनयसँगसँगै उनले गायनमा समेत आफूलाई स्थापित गर्दै लगेकी छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।