Batman Adam West dies at age of 88काठमाडौ। विश्वकै पहिलो ‘ब्याटमेन’का रुपमा परिचित अमेरिकी कलाकार एडम वेस्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९६० को दशकमा उनले ‘ब्याटमेन’को हिट टीभी सिरिजमा सुपरहीरो ब्रूस वेनको भूमिका निभाएका थिए।

वेस्टले ल्यूकेमिया नामक रोगसँग एउटा छोटो तर बहादुर लडाई पछि लसएञ्जल्समा अन्तिम सास फेरेका थिए । ल्यूकेमिया एक किसिमको क्यान्सर हो, जुन रोग लागेपछि रगतमा सेतो कोशिकाको संख्या बढ्छ।

ब्याटमेनको भूमिका पछि वेस्टलाई ठूलो भूमिका हासिल गर्न निकै संघर्ष गर्नुपरेको थियो । तर अमेरिकी एनिमेटेड सिरिज ‘फेमिली गाय’ रिलिज भएपछि उनले नवजवान प्रशिक्षक राम्रै कमाए।

उनको परिवारका अनुसार वेस्ट आफुलाई जहिल्यै पनि द ब्राइट नाइट नै मान्थे र आफ्नो प्रशंसकलाई जिन्दगी सकारात्मक तरिकाबाट बाँच्नुपर्छ भन्ने कुरा सिकाउँथे।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ३० गते मंगलवार ।