काठमाडौं। विश्वकै सर्वाधिक धनी व्यक्तिको रुपमा नाम कहलिएका माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सको दाम्पत्य जीवनमा ब्रेक लागेको छ।

विश्वकै अर्बपति बिल गेट्सको पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद भएपछि बिल गेट्सको दाम्पत्य जीवनमा ब्रेक लागेको हो।

विश्वलाई नै चकित वनाउने गरेर बिल गेट्स र मेलिन्डा ग्ट्स वीच सम्बन्धविच्छेद गरेको सामाजिक सञ्जाल मार्फत खुलासा गरेतापनि संवन्ध विच्छेदको कारणका वारेमा भने खुलाइएको छैन्। बिल गेट्स र मेलिन्डा गेट्सको २७ वर्ष अघि विवाह भएको थियो।

२७ बर्ष लामो विवाह वन्धनमा दुवै वीच कुनै उतारचढावको खवर सार्वजनिक भएको थिएन। एकाएक दुवैवीचको संवन्ध नै विच्छेद भएको खवरले विश्व नै कायल बनेको छ। बिल र मेलिन्डाका तीन सन्तान छन्।

६५ वर्षीय बिल तथा ५७ वर्षीया मेलिन्डाको सम्बन्ध विच्छेदको खबरले उनका शुभचिन्तकहरू भने आश्चर्यचकित र चिन्तित देखिएका छन्।

सन् १९७० को दशकमा बिलले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । त्यसमा मेलिन्डा प्रोडक्ट म्यानेजरको रुपमा कार्यरत थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९९४ मा विवाह गरेको थियो।

विवाह पछि यो जोडीले सामाजिक काम गर्नका लागि गेट्स एण्ड मेलिन्डा फाउण्डेशन स्थापना गरेका थिए।

उनीहरुको सम्बन्ध विच्छेद भएपनि फाउण्डेशनमा सँगैं काम गर्ने जनाएका छन् । कुनैबेला संसारको धनी रहेका गेट्स अहिले पनि संसारको चौधो धनी व्यक्ति हुन् ।
प्रकाशन मिति–२०७८ साल बैशाख २१ गते मंगलवार ।