काठमाडौ। विश्वकै सबैभन्दा होची मोडेलमा चिनिएकी ड्रु प्रेस्टा हाल अत्यन्त चर्चामा रहेकी छन्। नेवादस्थित रीनो सहरमा बस्ने २१ वर्षीया ड्रु प्रेस्टाको उचाई ३ फुट ४ इन्च छ।

जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढेन। मोडल बन्ने ठूलो सपना बोकेकी उनले फोटोसुट गरेर यसको शुरुवात गरेकी थिइन्। जब उनको फोटो सामाजिक सन्जालमा पोष्ट भए तब एकाएक उनी विश्व सन्चारमाध्यममा छाइन्।

प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग गरेको पुष्टि भएको छ। संसारको सानो कुनाबाट सुरु गरेको मोडलिङको भविष्य अहिले ‘अमेरिकन फेशन शो’सम्म पुगेको छ । उनलाई अमेरिकामा हुने फेशन शोमा सहभागी हुन प्रस्ताव समेत आइसकेको समाचार स्रोतको भनाई रहेको छ।

जुनसुकै काम गरेपनि स्वतन्त्र र आतविश्वासका साथ मेहनत गरे सफल हुने उनको तर्क छ। अहिले उनी विश्वकै सबैभन्दा होची मोडलको रुपमा विश्वमाझ चिनिएकी छन् । (समाचार एजेन्सीको सहयोगमा)।


प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।