Nepal Pared 3काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकामा नेपाल र नेपाली कला तथा संस्कृति त्यहाँको चिप्ला र रहरलाग्दो सडकमा झल्किनु नेपालको लागि अत्यन्त गौरबताको विषय हो। नेपाली हुनुको पहिचान र नेपाललाई अमेरिकामा चिनाउने कोशिश अमेरिकामा बसेका नेपालीहरुले आइतवार विश्वकै ठूलो शहर न्यूयोर्कमा झल्काउन सफलता प्राप्त गरेका छन्।

Nepal Pared 2अमेरिकी जनतामाझ नेपाली कला तथा संस्कृति झल्कने सांस्कृतिक पहिरन अनि झाँकी सहित उर्लेको नेपालीहरुको भावसागरले त्यहाँ रहेका सवैलाई चकितै पारेको न्यूयोर्कमा रहेका नेपाली पप गायक राजेश हमालले भिजन संसारलाई भनेका छन्। त्यो गौरबशाली अनुभूति यसपालि अमेरिकामा आफूले पाउंदा नेपालमा नै बसिरहेको जस्तो अनुभव भएको र नेपालको गौरबता राख्न नेपालीहरु सफल भएको दावी पनि गायक हमालको रहेको छ।

Nepal Pared 1गायक हमालका साथमा अर्का गायक तिलकबम मल्ल, अभिनेता बीरेन्द्र हमालले पनि आफूहरु नेपाली हुनुको उच्चता अमेरिकामा नै आएर महशुश गरेको प्रतिक्रिया दिएका छन्। नेपाल परेड नाम दिएर आयोजना गरेको यस कार्यक्रम न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएर २६ स्ट्रिटमा पुगेर समापन भएको थियो।

Nepal Pared 5नेपालका हिमाल, पहाड र तराईको भेषभुषा, संस्कृति झल्काउने पहिरन आकर्षक र झाँकीले परेडलाई रोचक वनाएको थियो। परेडमा अमेरिका भ्रमणमा रहेका नेपालका उद्योग मन्त्री नविन्द्रराज जोशी, राजदुत डा. अर्जुनकुमार कार्की, कुटनीतिक नियोगका पदाधिकारी देखि न्यूयोर्क लगायत विभिन्न स्थानमा वस्ने नेपाली समुदायको उल्लेखनिय सहभागिता रहेको थियो। 

करिब ५ हजारभन्दा वढी नेपाली परेडमा सहभागी जनाएका थिए। हिमाली क्षेत्रको बौद्ध लामा संस्कृति, पहाडमा पशुपति मन्दिर, भजन चुड्का, रोईला, लगायत विभिन्न जनजातीका झाँकीहरु परेडमा देखाईएको थियो। न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको नेपाल परेडको यो दोस्रो संस्करण हो।

परेड संयोजक मंगलदास श्रेष्ठको संक्षिप्त वक्तव्यपछि परेड शुरु भएको थियो । आगामी दिनहरुमा अझ भव्यतापूर्वक कार्यक्रम गरिने प्रतिवद्दताका साथ कार्यक्रमको समापन गरिएको थियो ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।