काठमाडौं। विश्वको उच्च शिखर सगरमाथामा एकैदिनमा १ सय ८० जनाले सफलतापूर्वक आरोहण गरेका छन्। स्वदेशी तथा विदेशी आरोही सहित १ सय ८० जनाले विश्वको उच्च शिखर सगरमाथाको आरोहण गरेको हो।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार, चालु सिजनमा आइतबार एकै दिन यति धेरै संख्यामा आरोही सगरमाथाको शिखरमा पुगेको हालसम्मकै उच्च संख्या हो।

धेरै टोलीलाई आरोहण व्यवस्थापन गर्ने सेभेन समिटका अध्यक्ष मिग्मा शेर्पाले १२ दिनपछि मौसमले साथ दिएकाले एकै दिन सर्वाधिक संख्यामा आरोही शिखरमा पुग्न सफल भएको बताएका छन्।

यस पटक ४ सय ८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यीमध्ये आइतबारसम्म आरोहण गर्नेको संख्या तीन सय नाघेको अनुमान छ। वैशाख २४ बाट सगरमाथा आरोहण शुरु भएको थियो।

प्रकाशन मिति–२०७८ साल जेठ ९ गते आइतवार ।