हङकङ । हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का फिक्का बनेको छ।

भारतीय तबला उस्ताद सलमान खाँनको तबलासंग नागेन्द्र श्रेष्ठको हारमोनियमको मल्लयुद्ध नै भएको थियो। त्यस सांगीतिक मल्लयुद्धमा ननस्टप डेढघण्टा हारमोनियम बजाएर हारमोनियमकै एक से एक बेजोड गीत बजाएर नयाँ रेकर्ड नै राखेका छन्। हङकङको तन्दुरी नाइटमा आयोजित कार्यक्रममा हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठले उक्त रेकर्ड राखेका हुन्।

एक पछि अर्को गीत गरेर हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियमवाट म प्यारी बेचिदिन्छु बहार बेचिदिन्छु–किन्छु मेरो प्यारो भगवान जस्ता दर्जनौ गीत बजेपछि हङकङमा रहेका स्वदेशी तथा विदेशी सवै तीनछक्क परेका थिए। हारमोनियमवाटै एक से एक गीत गुन्जाउन सफल हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठले अव हारमोनियमको माध्यमवाट विश्व खायो भन्नेहरुको पनि कमी भएन।

नेपाली हारमोनियमवाटै विश्वका एक से एक स्रष्टाका अत्यन्त प्रिय बनेका हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको त्यो भिडियो खिच्ने भिडियोग्राफर विजया श्रेष्ठ पनि दंगै परेका छन्। भारतीय उस्तादहरुले त नागेन्द्र श्रेष्ठको विशेष सम्मान नै गरेको पाइयो। विशेषत स्वदेश तथा विदेशवाट हङकङमा सांगीतिक कार्यक्रमको टोली आउंदा हारमोनियम बजाउन नागेन्द्र श्रेष्ठलाई नै संझ्ने गरेको पाइन्छ।

नागेन्द्रको हारमोनियम विनाको सांगीतिक प्रस्तुति खल्लो खल्लो हुने गरेको भनाई पनि धेरैको मुखवाट सुन्न हङकङमा पाइन्छ। यति धेरैको प्यार मोहब्बत तथा इस्क पाउंदा नागेन्द्र अत्यन्त खुशी बनेका छन्। आफूलाई हारमोनियमको उस्ताद बनाउनमा आफ्नो हारमोनियमको गुरु प्रसिद्ध संगीतकार स्वर्गवासी मदन परियारको निक्कै देन भएको नागेन्द्र श्रेष्ठले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

काठमाडौंमा रहदा संघर्षको ती दिनहरुमा महाबौद्धमा पातको टपरीमा मम खाएर मदन परियारसंग हारमोनियम सिकेका ती पलहरुलाई हङकङमा नागेन्द्र श्रेष्ठले संझिरहेका छन्।

Video of Harmoniam Ustad Mr.Nagendra Shrestha in Hongkong.

https://www.facebook.com/133062420679160/videos/291508248396004/UzpfSTU1NDk4MjY0MDoxMDE1NzE4MDYyODc4MjY0MQ/

प्रकाशन मिति–२०७६ साल जेठ १० गते शुक्रवार ।