काठमाडौ। विश्वप्रसिद्ध पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका छन्। पाकिस्तानको संसदमा भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन भएका हुन।

निर्वाचनमा खानले राष्ट्रियसभाका १ सय ७६ जना सदस्यको समर्थन प्राप्त गरेका थिए। विपक्षी पाकिस्तानी मुस्लिम लिग नवाजका प्रमुख शहबाज शरीफले ९६ मत मात्र प्राप्त गरेका थिए।

२० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएका छन्।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल भदौ २ गते शनिवार ।