geeorge-michael-2काठमाडौ। विश्वप्रसिद्ध चर्चित बेलायती पप गायक जर्ज माइकलको आइतवार ५३ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ। गायक माइकलका परिवारका अनुसार हृद्याघातको कारण निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको १० करोड एल्बम बिक्री भइसकेका छन्। सन् १९८७ को उनको एल्बम फेथ निकै लोकप्रिय बनेको थियो। गायन,लेखन र निर्माण पनि उत्तिकै पोख्त जर्ज माइकलका लास्ट क्रिसमस, केयरलेस ह्वीसपर र फ्रीडम जस्ता गीतले विश्वमा हलचल मच्चाएको थियो।

सन् २०११ मा निमोनिया भएपछि कन्सर्टमा कमै देखा परेका माइकलको निधनले उनका प्रशंसकहरु दुःखी बनेका छन्। माइकललाई दिउँसो २ बजे मृत अवस्थामा घरमा भेटेको प्रहरीले जनाएको छ। प्रहरीले उमेरको अनुपातमा माइकलको मृत्यु अप्रत्यासित नै भए पनि शंकास्पद भने नभएको बताएको छ।

geeorge-michael-1
जर्ज माइकलका उत्कृष्ट गीत
१. केयरलेस ह्वीस्पर
२. फेथ
३. फादर फिगर
४. जिसस टु अ चाइल्ड
५. वेक मी अप बिफोर यु गो–गो
६. अ डिफरेन्ट कर्नर
७. अमेजिङ
८. लास्ट क्रिसमस
९. फास्ट लभ
१०. आई न्यु यु वेर वेटिङ
प्रकाशन मिति–२०७३ साल पुष १२ गते मंगलवार ।