काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल नाभेम्वर 23 तारिखका दिन स्थापनाको एक बर्ष पुग्दैछ। यस अवसरमा हामी नेपाली ग्लोबल स्थापना भएको अमेरिकाको न्यूयोर्कमा भव्य एकता दिवस मनाइने भएको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई जानकारी दिएअनुसार, त्यस दिन न्यूयोर्कको क्वीन्स पब्लिक लाइब्रेरीवाट नेपालीहरुको भव्य शान्ति पदयात्रा हुने भएको छ। पदयात्रा पश्चात सोही स्थानमा प्रथम स्थापना दिवस मनाएर विश्वभरका नेपालीहरुलाई एक हौ भन्ने सन्देशलाई व्यापक रुपमा प्रवाहित गरिने केन्द्रिय अध्यक्ष लामाको भनाई छ।

हालसम्म विश्वभरका ४० राष्ट्रमा हामी नेपाली ग्लोबल विस्तार भैसकेको छ। विश्वभर रहेका नेपालीहरुलाई कुनैपनि आपत–विपत पर्दा नेपालीहरुव्दारा नै सहयोग गर्ने माध्यमको रुपमा हामी नेपाली ग्लोबल रहेको छ। यही उदेश्य तथा सोच अनुरुप हामी नेपाली ग्लोबलको स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।

त्यसको अलावा हामी नेपाली ग्लोबलको माध्यमवाट मातृभूमि नेपाललाई आपत–विपत पर्दा पनि विभिन्न सहयोग गर्ने कार्य गर्दैआएको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।