काठमाडौ। नेपाली ज्याँकी च्याङको रुपमा ख्याति कमाएका नेपाली चलचित्रका अभिनेता अमृत लामाले अमेरिकामा स्थापना गरेको हामी नेपाली ग्लोबलको एक पछि अर्को गरेर विश्वका विभिन्न मुलुकमा शाखा एवम् च्याप्टरको रुपमा गठन हुंदैआएको छ।

यसक्रममा अमेरिका नजिकको बैभवशाली मुलुक क्यानाडामा पनि हामी नेपाली ग्लोबलको शाखा गठन भएको छ। जाति, धर्म, राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुका लागि सहयोगी संस्थाको रुपमा पछिल्लोपल्ट क्यानाडा शाखा गठन भएको हो।

हरि शिवाकोटीको अध्यक्षतामा हामी नेपाली ग्लोबलको कार्यसमिति गठन गरिएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले वताएका छन्। अध्यक्ष लामाका अनुसार, उपाध्यक्षः गीता ढकाल, महासचिबः अर्पण थपालिया, सचिबः चेतन रिमाल, कोषाध्यक्षः निलु थापा तथा सदस्यहरुमा कविता बिमली, विजय कार्की,
श्रीकृष्ण फुयाँल, नवराज पाण्डे रहेका छन्।

यसरी नै विश्वका सवै मुलुकहरुमा हामी नेपाली ग्लोबलको शाखा एवम् च्याप्टरको विस्तार गर्ने जानकारी अध्यक्ष लामाले भिजन संसार डटकमलाई वताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २४ गते सोमवार ।