काठमाडौं। धर्म,जातीयता र राजनितीबाट मुक्त अन्तरराष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्य भैरहेको छ। अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तरराष्ट्रिय संस्थाले विश्वभर शाखा कार्यालय गठन गर्न लागेको हो।

यसक्रममा यस संस्थाको नेपाल शाखा गठन गर्न महासचिव मंगलदास श्रेष्ठ अमेरिकावाट नेपालको लागि प्रस्थान गरिसकेको जानकारी संस्थाको केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई दिएका छन्।

अध्यक्ष अमृत लामाका अनुसार निकट भविष्यमा एसिया, युरोप लगायतका मुलुकहरुमा क्रमिक रुपमा शाखा गठन गरेर नेपालीहरुलाई जोड्ने कार्य हुने भएको छ। यसवीचमा हामी नेपाली ग्लोबलमा आवद्ध नेपालीहरु वीच अमेरिकामा मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट गर्ने कार्यमा आफूहरु लागिरहेको अध्यक्ष लामाले भनेका छन्।

गत नोभेम्बर २४ तारिखका दिन अमेरिकाको न्यूयोर्कमा विधिवत रुपमा दर्ता भएर बृहत उदघाटन गर्ने कार्य समेत भैसकेको छ। हामी नेपाली ग्लोबल उदघाटन भएको नोभेम्बर २४ तारिखका दिन न्यूयोर्कको अमेरिकी सरकारले नेपाल–डेको मान्यता समेत दिइसकेको कारण यो संस्थाको अझ महत्व र आवश्यकता महशुश गरिएको जिकिर अध्यक्ष लामाको रहेको छ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई आवश्यक परेको खण्डमा जहाँवाट जसरी भएपनि सहयोग गर्ने उदेश्य सहित स्थापना भएको यो संस्थाले मातृभूमि नेपालको लागि पनि उदेश्यमूलक कार्य गर्ने योजना राखेको अध्यक्ष लामाको भनाई रहेको छ।

यो कुनैपनि नेपाली संस्थाको प्रतिस्पर्धी अन्तरराष्ट्रिय संस्था नभइकन विलकुलै सहयोगी संस्था मात्र भएको पनि खुलासा अध्यक्ष लामाले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ १ गते मंगलवार ।