काठमाडौ। नेपालमा पहिलो पल्ट विश्वमा नै ख्यातिप्राप्त मौलिक परम्परागत चर्यानृत्यका बारेम कार्यशाला गोष्ठी भएको छ। नयाँ बर्ष २०७५ बैशाख २ गते आइतबारका दिन अक्षेश्वर महाबिहार पुल्चोकमा गोष्ठी प्रारम्भ भएको हो।

नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाको आयोजनामा पहिलो पटक चर्या नृत्य सम्बन्धि कार्यशाला गोष्ठी शुभारम्भ गरिएको हो। गोष्ठी बैशाख ७ गतसम्म संचालन हुने आयोजक ललितपुर शाखाले भनेको छ। गोष्ठीको स्रोत ब्यक्ती अमेरिका निवासी प्रज्वल रत्न बज्राचार्य हुन्।

कार्यक्रममा संस्थाका अध्यक्ष स्वजन रघुबंशीले चर्या नृत्यमा नै कार्यशाला गोष्ठी गर्नु पर्ने आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए। संघका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठले शाखाले चर्यानृत्यको गोष्ठी आयोजना गर्नु अत्यन्त सह्रानिय भएको बताए।

केन्द्रिय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले आउने बैशाख १६ गते अन्तर्राष्ट्रिय नृत्य दिवसका दिन ललितपुर शाखाले साँस्कृतिक कार्यक्रमको आयोजना गरि ललितपुरका नृत्यका स्रस्ताहरुलाई सम्मान गर्नु पर्छ भन्ने कुरामा जोड दिएका थिए।
प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।