काठमाडौ। नेपालमा दुई शक्तिशाली कम्युनिष्ट पार्टी एक भएको छ। जनयुद्धवाट स्थापित भएको नेकपा माओवादी केन्द्र तथा जनताको जनाधारवाट स्थापित नेकपा एमाले वीचको एकता भएको हो। विश्वलाई नै चकित पार्दै फरक पृष्ठभूमिवाट स्थापित दुई पार्टीको एकतालाई चमत्कार नै मानिएको छ।

यस चमत्कारका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगुवाईले महत्वपूर्ण भूमिका खेलेको छ। घोषित एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ।

दुवै नेता ओली र प्रचण्ड अध्यक्ष बनेका छन्। हवाइजहाजमा दुईजना पाइलट भएजस्तै हजाइजहाजरुपी पार्टीलाई हाँक्न दुवैजना अध्यक्ष बनेको ओलीले बताएका छन्। प्रचण्डले सवैलाई अनौठो लागेको यो एकता कार्यक्रम आफूहरुले जनप्रिय नेता कमरेड मदन भण्डारी र जीवराज आश्रितको स्मृति पारेर गरेको बताए। विसं २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेपाल कम्युनिष्ट पार्टी नै थियो।

करिब सत्तरी वर्षअघि स्थापित पुष्पलालको त्यो मेहनतले बनेको नेपाल कम्युनिष्ट पार्टी नै नामाकरण भएको छ। निर्वाचन आयोगमा यो नाम दर्ता गरिएको छ। तर, निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै दर्ता भएकोले नेपाल कम्युनिष्ट पार्टीमा अण्डरलाइन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ। चुनाव चिन्ह सूर्य नै हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ ४ गते शुक्रबार ।