काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको डिभोर्स भएको छ। विवाह भएको वर्ष दिन पनि नपुग्दै उनीहरुको डिभोर्स भएको हो।

करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा डिभोर्स गरेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेको छ। माइली र लिअमको फिल्म ‘द हङ्गर गेम्स’को छायांकनताका घनिष्ठता भएको थियो। सन् २०१० मै दुवैले ‘द लास्ट सङ’ मा अभिनय गरेका थिए भने चिनापर्चीको सुरुवात त्यहीदेखि भएको थियो ।

त्यसपछिको एक दशक कहिले नजिक र कहिले टाढा हुँदै प्रेम सम्बन्धमा पुगेको थियो। गत डिसेम्बरमा दुवैले विवाह गरेका थिए । माइली निकट स्रोतका अनुसार, वैवाहिक सम्बन्ध नरहे पनि उनीहरूले पालेका जनावरहरूको अभिभावकत्वका लागि दुवै जोडीका रूपमा भने रहिरहने बताइएको छ । साथै, दुवैले एकअर्काको गोप्यताको समेत सम्मान गर्नेमा सहमति जनाएका छन् ।

विवाह टुटेपछि मन बहलाउन घर पुगेका लिअमले डेली मेलका पत्रकारसँग छुट्टिनुको कारण अरूले बुझ्न नसक्ने भन्दै यसबारेमा कुरै गर्न नचाहेको बताए । माइलीले भने सम्बन्ध टुटेपछि ‘मन शान्त र आशावादी’ रहेको टिप्पणीगरेकी छन् ।
प्रकाशन मिति–२०७६ साल २८ गते मंगलवार ।